News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२१ चैत्र, २०८१
    २२० पटक
    २१ चैत्र, २०८१

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको १ लाख २ हजार ५७४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्