News Portal

  • सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधरणमा बिक्री खुला

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०८१
    २७० पटक
    १७ चैत्र, २०८१

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्ने भएको छ । बैंकले सो शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

    शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरिकर्ताले कम्तिमा १०० कित्ता र बढीमा १० को गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    सो शेयर खरिदकर्ताले आज चैत १७ गतेदेखि चैत २६ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको कार्यालयमा पाइने जनाइएको छ।

    प्रतिकृया दिनुहोस्