News Portal

  • नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो, कनिष्ठ सहायकदेखि प्रबन्धकसम्म दरखास्त आह्वान

    आर्थीकसंसार संवाददाता१५ चैत्र, २०८१
    २५९ पटक
    १५ चैत्र, २०८१

    काठमाडौं । नेपाल बैंकमा ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।

    बैंकले आज सूचना प्रकाशित गरी खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले कनिष्ठ सहायक तेस्रोदेखि प्रबन्धक आठौँ तहसम्म पदपूर्ति गर्न लागेको हो।

    बैंकले विभिन्न पदमा कुल १४५ जनाका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारले वैशाख ४ गतेसम्म अनलाइनबाट आवेदन दिनुपर्नेछ। दोब्बर दस्तुर तिरी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    तोकिएको म्याभित्र दाखिला नभएको र रीत नपुगी आएका दरखास्तमाथि कुनै पनि किसिमको प्रक्रिया अगाडि नबढाइने बैंकले स्पष्ट पारेको छ।

    प्रतिकृया दिनुहोस्