News Portal

  • एनएमबि बैंकद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०८१
    २७४ पटक
    १३ चैत्र, २०८१

    काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विभिन्न प्रदेशका शाखामार्फत विद्यालय, कलेज तथा समुदायमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको हो ।

    यस अभियान अन्तर्गत वित्तीय साक्षरतासम्बन्धी सेमिनार, सचेतनामूलक गोष्ठी तथा प्रभातफेरी कार्यक्रमहरू आयोजना गरिएको थियो । बैंकले सामाजिक सञ्जाल मार्फत पनि वित्तीय ज्ञानसम्बन्धी जानकारी प्रवाह गर्दै आएको छ ।

    एनएमबि बैंकका अनुसार यस अभियानबाट ३,००० भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् । वित्तीय साक्षरताले विशेष गरी विद्यार्थी, उद्यमी तथा आम नागरिकलाई बचत, लगानी, बैंकिङ प्रणाली तथा डिजिटल वित्तीय सेवाहरूको बारेमा सचेत बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ।

    बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम तथा ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । वित्तीय साक्षरता अभिवृद्धि अभियानलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्