News Portal

  • एनआईसी एशिया बैंकले ३७८ मोटरसाइकल बेच्दै, ३२५ दुईपाङ्ग्रे किन्दै

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०८१
    ९ पटक
    २६ फागुन, २०८१

    काठमाडौं । एनआईसी एशिया बैंकले दुईपाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका ३७८ वटा दुईपाङ्ग्रे मोटरसाइकल लिलाम बिक्रीमा राखेको हो ।

    बैंकले शाखा कार्यालयमा रहेका मोटरसाइकल जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार बजाज डिस्कोभर कम्पनीका १५८ वटा मोटरसाइकल बिक्रीमा राखिएको छ ।

    यस्तै, ३२ वटा बजाज पल्सर, एक वटा हेरो प्लेजर, ६१ वटा हेरो सुपर स्पेण्डर, २ वटा होण्डा साइन, १०६ वटा सुजुकी कम्पनी र १८ वटा यमाहा कम्पनीका बाइक बिक्रीमा राखिएको हो । खरिद गर्न चाहेको रकमको १० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

    साथै, बैंकले पुराना मोटरसाइकल बिक्री गरेर ३२५ वटा नयाँ दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) खरिद गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालय प्रयोजनका लागि उक्त मोटरसाइकल खरिद गर्ने भएको हो ।

    बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको हो । इच्छुक व्यक्ति तथा संस्थाले बैंकको केन्द्रीय कार्यालय थापाथलीमा बोलपत्र पेस गर्नुपर्नेछ ।

    आवेदन शुल्क भने १० हजार रुपैयाँ तोकिएको छ भने बोलपत्रदाताको वार्षिक कारोबार ५ करोड रुपैयाँ बराबरको गरेको हुनुपर्नेछ । कम्पनी दर्ता भई कम्तिमा ३ वर्ष काम गरी ३ वटा संस्थासँग कारोबार गरेका माेटरसाइकल विक्रेता कम्पनीले मात्रै बाेलपत्र पेश गर्न पाउने छन् ।

    खरिदबिक्री गर्न इच्छुक व्यक्ति तथा कम्पनीले चैत ११ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्