News Portal

  • २४ घण्टामा ७ सय ७६ संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता२ पुस, २०७७
    १५९१ पटक
    २ पुस, २०७७

    काठमाडौं । बितेको पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण हुँदा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ६ जना संक्रमितको मृत्युसमेत भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४७ जना निकोसमेत भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमित ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित छन् भने ४ सय ४४ जना क्वारेन्टिनमा रहँदा १ हजार ७ सय ४९ जना संक्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोरोना निको हुने दर ९५.५ प्रतिशत रहेको छ ।
    यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ६३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज ९ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

    प्रतिकृया दिनुहोस्