News Portal

  • विमान कम्पनीलाई प्रधानमन्त्री ओलीको अनुरोध- सहुलियत दरमा हवाई टिकट बिक्री गर्नूहोस्

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८१
    १०८० पटक
    १३ असोज, २०८१

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् ।

    हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरूले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो ।

    ‘एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको समेत जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्