
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको जनाइएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा थप चार सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंका ३ सय ४४, भक्तपुरका ३१ तथा ललितपुरका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।