News Portal

  • चौथो पटक पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८१
    १३३ पटक
    ५ जेठ, २०८१

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वास मत पाउनेमा ढुक्क रहेको बताएका हुन् ।

    उनले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा पाँच/छ पटकसम्म विश्वासको मत लिनुपर्ने परिस्थिति आउनसक्ने पनि बताए ।

    ‘कांग्रेसका एकजना नेताले १३ पटकसम्म लिनुपर्छ भन्नुभएको थियो। यसपालि ५/६ पटक लिनुपर्ने देख्छु,’ उनले भने ‘तर, जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु, धेरै टेन्सन लिनुपर्दैन, कहले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    त्यसकारण दुविधामा नपर्न पार्टीका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरे। ‘एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुविधामा छैन, तपाईंहरु पनि दुविधामा पर्नु पर्दैन,’ उनले भने ।

    प्रधानमन्त्री दाहालले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताए । उनले नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटर बजेट र नीति तथा कार्यक्रमको तादात्म्यता मिलाइ ल्याउने गरी तयारी भइरहेको बताए ।

    प्रतिकृया दिनुहोस्