News Portal

  • बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी

    आर्थीकसंसार संवाददाता१७ वैशाख, २०८१
    ९१ पटक
    १७ वैशाख, २०८१

    धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

    उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

    उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

    प्रतिकृया दिनुहोस्