आर्थीकसंसार संवाददाता२० पुष, २०८०
२० पुष, २०८०काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । यस संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कमल खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको हो ।
उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।
साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।