News Portal

  • नवनियुक्त आईजीपी डा. केसीले आजै फुली लगाउने

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८३
    १० पटक
    १८ कार्तिक, २०८३

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा.मनोज केसीले आजै आईजीपीको दर्ज्यानी चिन्ह लगाउने भएका छन् ।

    गृह मन्त्रालयमा आजै उनलाई प्रहरी महानिरीक्षकको रुपमा दर्ज्यानी चिन्ह अर्थात फुली प्रदान गरिने प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

    उनका अनुसार केसीले पदभार ग्रहण पनि आजै गर्नेछन् ।

    ‘मन्त्रालयमा दर्ज्यानी चिन्ह दिने तयारी भइरहेको छ,’ उनले भने, ‘कतिखेर भन्ने चाहिँ समय तय भइसकेको छैन ।’

    केसीलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो । दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो ।

    कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस्