आर्थीकसंसार संवाददाता१८ पुष, २०८०

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौँडामा ९७औँ शाखा सञ्चालनमा ल्याएको छ ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस र एक सय २१ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।