News Portal

  • लगातार बैंकिङ प्रणालीबाट पैसा तान्दै राष्ट्र बैंक, आज पनि रु. २५ अर्ब खिच्ने

    आर्थीकसंसार संवाददाता१८ पुष, २०८०
    ४३४ पटक
    १८ पुष, २०८०

    काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पुस १८ गते फेरि बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँ तान्ने भएको छ।

    केन्द्रीय बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्न लागेको हो। पुसमा यो आठौँँपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

    यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको माघ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    यसअघि राष्ट्र बैंकले पुस १७ गते १० अर्ब रुपैयाँ, पुस १२ गते २० अर्ब रुपैयाँ, पुस ११ गते ३५ अर्ब रुपैयाँ, पुस ६ गते २५ अर्ब रुपैयाँ, पुस ४ गते २५ अर्ब रुपैयाँ, पुस ३ गते १० अर्ब रुपैयाँ र पुस १ गते १० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तानेको थियो ।

    गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

    प्रतिकृया दिनुहोस्