News Portal

  • सानिमा रिलायन्स लाइफद्धारा मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता११ पुष, २०८०
    ५६२ पटक
    ११ पुष, २०८०

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका( १८ की स्व. गौरी देवि जोशीका श्रीमान मदन राज जोशीलाई मृत्यु दावी भुक्तानी वापतको ४ लाख १२ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो । कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी उक्त रकम वापतको चेक हस्तान्तरण गरेको हो ।

    २०७९ पौष ३० गते मृतक जोरीले चार लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका जोशीले बीमाशुल्क बापत एक किस्ता वापतको २५९४७ रुपैयाँ बुझाएको थियो। बिरामी भएर २०८० कार्तिक १८ गते उनको मृत्यु भएको थियो ।

    बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको कम्पनीले सहज र सर्वसुलभ बीमा सेवाका लागि समेत प्रतिबद्ध रहेको प्रदेश प्रमुख उप्रेतीले बताए।

    क्षेत्र प्रबन्धक रोशन भट्टले संचालन गरेको कार्यक्रममा सानिमा रिलायन्स लाइफका महेन्द्रनगर २ शाखा प्रमुख गणेश राज जोशी ,महेन्द्रनगर १ शाखा प्रमुख माया कुमारी चौधरी बजार अधिकारी धना जोशी ,बरिष्ठ एजेन्सी म्यानेजर अम्बा दत्त जोशी , बरिष्ठ एजेन्सी म्यानेजर धर्म राज जोशी ,बरिष्ठ एजेन्सी म्यानेजर रुपेश के सि स्थानीय सहभागी भएका थिए। ।

    प्रतिकृया दिनुहोस्