News Portal

  • हिमालयन लाइफको करिब सवा १ लाख कित्ता बिक्री गर्दै श्री गणेश प्रोपर्टिज

    आर्थीकसंसार संवाददाता११ पुष, २०८०
    ४०४ पटक
    ११ पुष, २०८०

    काठमाडौं । श्री गणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको करिब सवा १ लाख कित्ता शेयर आज पुस ११ गते बिक्रीमा राखिएको छ।

    कम्पनीले हिमालयन लाइफको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

    बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १९ गतेसम्म तोकिएको छ।

    प्रतिकृया दिनुहोस्