News Portal

  • हिमालयन बैंकले बोलायो ३१औं साधारणसभा

    आर्थीकसंसार संवाददाता८ पुष, २०८०
    १२८ पटक
    ८ पुष, २०८०

    काठमाडौं । हिमालयन बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले ३१औं वार्षिक साधारणसभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको हो ।

    बैंकको सभाले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन र एफपीओको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

    सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व १ जना गरी ५ जनाको निर्वाचन गर्नेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको ३ करोड ३३ लाख १७ हजार ७६० रुपैयाँलाई अनुमोदन गर्नेछ

    आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २० गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्