News Portal

  • नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०८०
    १७१ पटक
    ५ मंसिर, २०८०

    काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

    उक्त सभाले कम्पनीको आ.ब. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.ब. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

    साथै, बैंकले मंगलबार सम्पन्न आठौं वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गरेको छ ।

    उक्त साधारणसभाले आ.व. २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

    प्रतिकृया दिनुहोस्