News Portal

  • नेपाल बैंक ८७ वर्षमा प्रवेश, चुक्ता पुँजी १४.६९ अर्ब पुग्यो

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०८०
    १६५ पटक
    ३० कार्तिक, २०८०

    काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार, चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा सो बैंक स्थापना भएको थियो ।

    अहिले बैंकको चुक्ता पुँजी १४ दशमलव ६९ अर्ब पुगेको बैङ्कका सूचना अधिकारी प्रकाशकुमार अधिकारीले जानकारी दिए । २०८० आषाढ मसान्तसम्म बैंकले दुई खर्ब ४४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गरेको थियो। बैंकको जगेडा कोषमा २१ दशमलव ८८ अर्ब रुपैयाँ पुगेको छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र नेटवर्क ३६ दशमलव ५८ अर्बभन्दा बढी रहेको छ ।

    बैंकले हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी २ सय २८ शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २ सय ४ वटा एटिएम बुथमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै बैंकले करिब तीन हजार छ सय जना मानिसलाई रोजगारी प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस्