News Portal

  • हिमालयन बैंकले गर्यो भुकम्पपिडितका लागि २१ लाख रुपैयाँ सहयोग

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०८०
    १३० पटक
    २३ कार्तिक, २०८०

    काठमाडौं । हिमालयन बैंकले भुकम्पपिडितका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

    हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ ।

    गत शुक्रबार कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पुर्याएको छ ।

    यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कार्तिक २२ गते हस्तान्तरण गरेको छ ।

    प्रतिकृया दिनुहोस्