News Portal

  • सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष योजना

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०८०
    ८७ पटक
    ३ कार्तिक, २०८०

    काठमाडौं । सानिमा बैंक र एफ वान प्रा.लि.को सहकार्यमा, सानिमा सजिलो इ–बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । यो योजना असोज २८ देखि मसिंर ०३, २०८० सम्म लागु हुनेछ ।
    यस अन्तर्गत, मोबाइल बैंकिङ्ग बाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन्। यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम रु ५०० को टपअफ, रु १०० को डाटा प्याक र रु २०० को रकमान्तर गर्नुपर्ने हुन्छ ।
    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet  मा उपलब्ध छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्