News Portal

  • ग्लोबल आइएमई बैंकले डिजिटल कारोबारमा ५ सयसम्म छुट दिने

    आर्थीकसंसार संवाददाता२७ असोज, २०८०
    १५४ पटक
    २७ असोज, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

    बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पोओएस मेसिनबाट भुक्तानी गर्दा ३ सयदेखी ५ सय रुपैयाँसम्मको नगद फिर्ता हुनेछ ।

    नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले उक्त योजना अवधिभर कम्तीमा १००० को ३ वटा कारोबार गरेमा ३ सय तथा ५ वा सोभन्दा बढी कारोबार गरेरमा ५ सय नगद फिर्ता हुुने बैंकले जनाएको छ ।

    असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्र्तिक ७ गते अर्थात वडा दशैं (दशमी) को दिन सम्म लागू हुनेछ ।

    साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा दशैं प्रोमो कोड प्रयोग गरी खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म नगद छुुट पाउनेछन्् । उक्त योजना आइतबारदेखि टिकाको दिनसम्म लागूहुनेछ ।

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्