News Portal

  • २८० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२४ असोज, २०८०
    १९८ पटक
    २४ असोज, २०८०

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमामा राखेको छ । कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।

    बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

    कम्पनीको सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । कात्तिक २ गतेसम्म बोलपत्र पेस गर्ने सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्