News Portal

  • राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता३ असोज, २०८३
    ४५ पटक
    ३ असोज, २०८३

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न भएको । सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा सम्पन्न भएको हो ।

    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

    सभाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गरेको छ ।

    सभाले महालेखापरीक्षक कार्यालयको परामर्श वमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/८०, २०८०/८१, २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्