News Portal

  • मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठ ‘भिजनरी लिडरसिप इन लाइफ इन्स्योरेन्स एन्ड फाइनान्सियल सर्भिसेज’ अवार्डबाट सम्मानित

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८३
    १८ पटक
    २९ भदौ, २०८३

    काठमाडौं। मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ ‘भिजनरी लिडरसिप इन लाइफ इन्स्योरेन्स एन्ड फाइनान्सियल सर्भिसेज’ अवार्डबाट सम्मानित भएका छन्।

    श्रेष्ठ सातौँ एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डअन्तर्गत उक्त सम्मानबाट विभूषित भएका हुन्। ललितपुरको कुपण्डोलमा आयोजित ग्रान्ड अवार्ड सेरेमोनीका बीच उनलाई प्रथम राष्ट्रपति डा रामवरण यादबबाट यो सम्मान प्रदान गरिएको हो।

    जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा दूरदर्शी नेतृत्व प्रदान गर्दै आएकोमा कदरस्वरुप श्रेष्ठलाई यो सम्मान दिइएको आयोजक संस्थाले जनाएको छ। मेटलाइफ नेपालको नेतृत्वमा रहेर श्रेष्ठले संस्थाको व्यावसायिक विस्तार र सेवा गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।

    एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डअन्तर्गत विभिन्न पेशा व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेका व्यक्तिहरुलाई विविध विधामा सम्मान प्रदान गर्दै आइएको छ। नेपाललगायत एसियाका विभिन्न देशमा आफ्नो पेसा व्यवसायमा बेग्लै पहिचान बनाउन सफल व्यक्तिहरुलाई यस वर्ष पनि सम्मानित गरिएको थियो।

    श्रेष्ठले प्राप्त गरेको यो सम्मान बीमा तथा वित्तीय सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण पेसाकर्मीका लागि पनि गौरवको विषय बनेको छ।

    प्रतिकृया दिनुहोस्