काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ८ सय १७ जनामा कोरोना संक्रमित भएको छ । सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या ह्वात्तै घटेको छ भने हाल देशभर ६ हजार २ सय २२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ३४, प्रदेश २ मा ३३, बागमती प्रदेशमा ३ हजार ५ सय १२, गण्डकी प्रदेशमा १ हजार २ सय ६३, लुम्बिनी प्रदेशमा १ हजार २ सय ४७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा ४७ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन् ।
सरकारले अशक्त, अपाङ्ग तथा जेष्ठ नागरिकबाहेक अन्यको उपचारमा शुल्क लिने निर्णय गरेसँगै चर्काे शुल्क लाग्ने भएपछि संक्रमितहरु होम आइसोलशेनमै बस्न थालेका हुन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हाल होम आइसोलेशनमा २९ हजार १ सय ९७ जना संक्रमित रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा बताएका छन् । देशभर होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी ३५ हजार ४१९ सक्रिय संक्रमित रहेका छन् । गौतमका अनुसार बितेको २४ घण्टामा पीसीआर थप १२ हजार ३ सय ११ जनाको भएको छ भने नयाँ संक्रमित २ हजार ८ सय १७ जना थपिएका छन् । यसैगरी काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा थप २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ । बितेको २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १ हजार १ सय ८ पुगेको छ ।
देशभर २ हजार ८ सय १७ कोरोना संक्रमित थपिए
आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७७
२३ कार्तिक, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने