News Portal

  • कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१९ असोज, २०८०
    ११९ पटक
    १९ असोज, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ ।

    कामना सेवा विकास बैंकले शुक्रबारका नारायण गोपालचोक चक्रपथ, काठमाडौं स्थित मल्पी इन्टरनेशनल कलेज सँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्