Skip

News Portal

  • गरिमा विकास बैंकले शुरु गर्यो क्रेडिट कार्डमा ईएमआई सेवा

    आर्थीकसंसार संवाददाता१९ असोज, २०८०
    ७६४ पटक
    १९ असोज, २०८०

    काठमाडौं । गरिमा विकास बैंकले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा सुरु गरेको छ । बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको हो ।

    यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ० प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सक्ने बैंकले जनाएको छ। साथै, यदि ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने बैंकले उल्लेख गरेको छ ।

    आउँदै गरेको दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकमहानुभावहरुले योे सुविधा मार्फत लाभ उठाउन सकिने बैंकले जनाएको छ। यसबाट सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्ने र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने विश्वास बैंकले व्यक्त गरेको छ ।

    बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्