News Portal

  • सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले एक महिनामै भुक्तानी गर्‍याे रु. २० कराेड भन्दा बढी दाबी

    आर्थीकसंसार संवाददाता७ असोज, २०८०
    ३९६ पटक
    ७ असोज, २०८०

    काठमाडाै‌ं । सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा बीमा दाबीवापत २० कराेड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेकाे छ। कम्पनीले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार साउन महिनामा २० कराेड ५५ लाख ५२ हजार रूपैयाँ दाबी भुक्तानी गरिएकाे छ।

    साउन महिनामा सगरमाथा लुम्बिनीले साना ठूला गरी कूल एक हजार ४७२ वटा बीमा दाबी फर्छ्याैट गरेकाे छ। चालू आव २०८०।८१ काे साउनमा  कूल एक हजार ७३३ वटा दाबीमार्फत् कूल २८ कराेड ७२ लाख ९३ हजार रूपैयाँ दाबी भुक्तानीकाे आवेदन प्राप्त भएकाे थियाे ।

    गत असार मसान्तमा कूल एक हजार ९३५ दाबीवापत सगरमाथा लुम्बिनीले ४५ कराेड ५४ लाख ३३ हजार रुपैयाँ दाबी भुक्तानी गरेकाे थियाे । असारमा एक हजार ६३० वटा दाबीमार्फत् १ अर्ब ९३ कराेड २९ लाख रुपैयाँ बराबरकाे दाबी भुक्तानीका लागी निवेदन प्राप्त भएकाे बीमकले जानकारी दिएकाे छ।
    प्रतिकृया दिनुहोस्