News Portal

  • प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२१ असोज, २०८३
    ३२ पटक
    २१ असोज, २०८३

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी नवराज अधिकारीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो शेयर बिक्रीमा ल्याएको हो ।

    कम्पनीले संस्थापक शेयरधनी अधिकारीको नाममा रहेको १३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल यस शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

    सो शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। कम्पनीले तोकिएको यस समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा सर्वसाधारणलाई शेयर बिक्री गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्