News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा छुट

    आर्थीकसंसार संवाददाता७ असोज, २०८०
    १३८ पटक
    ७ असोज, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ । दुई कम्पनीबीच भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

    उक्त छुट सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मात्र पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले हाल १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्