News Portal

  • खानी खोलाले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता६ असोज, २०८०
    १९८ पटक
    ६ असोज, २०८०

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । यस हाइड्रोपावरले साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गर्ने गरी सम्झौता भएको हो ।

    उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।

    खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमस : ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन ।

    प्रतिकृया दिनुहोस्