News Portal

  • पर्वतमा यूनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन

    आर्थीकसंसार संवाददाता४ असोज, २०८०
    १३३ पटक
    ४ असोज, २०८०

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वतको मोदि गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज असोज ३ गते देखि ९ गते सम्म पर्वतको मोदि गाउँपालिकामा संचालन हुनेछ ।

    कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका शाखा प्रमुख ढुङ्गाना र मोदि गाउँपालिकाका पशु प्राविधिक माधव सापकोटाले कृषि तथा पशुपन्छी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको लगायत निर्जीवन बीमा बारेमा प्रष्ट पारेका थिए । आज शुरुवाती दिनमा मोदि गाउँपालिकाको वडा नं ६ मा ७० घरधुरीको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । मोदी गाउँपालिकामा रहेका ८ वटै वडामा उक्त कार्यक्रम संचालन गर्ने शाखा प्रमुख ढुङ्गानाले जानकारी दिए ।

    उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उपस्थिति रहनुका साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका पशु प्राबिधिक कर्मचारी होमनाथ भण्डारीका साथै अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्