News Portal

  • मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    २०५ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ । यस च्यालेन्जमा सहभागि हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ । उक्त भिडियोमा ह्यास्ट्याग ३ःबलबगत्भभवचभबmिभक्बलनब र ३म्बचभत्यीभबउ प्रयोग गरेर २चभबmिभलभउब िलाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागि हुन सकिनेछ ।
    भाद्र २२ गते शुरु भएको यो प्रतियोगितामा भोली हरितालिका तिजको राती अर्थात असोज १ गते रातीको १२ बजेसम्म सहभागि हुन सक्नेछन् । सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ । विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिनेछ ।
    रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्