News Portal

  • रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७८०
    १६४ पटक
    १५ भदौ, २०७८०

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले आफ्नो छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना सार्वजनिक गरेको हो । कम्पनीले भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्