News Portal

  • नेशनल लाईफको मिट द सीईओ कार्यक्रम सम्पन्न, ११० जना अभिकर्ता सम्मानित

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०८१
    २६१ पटक
    १० मंसिर, २०८१

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मिट द सीईओ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको हो ।

    बागतमी प्रदेशबाट योग्य भएका करिब ११० जना अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

    प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा बागमती प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् ।

    समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएको मा बागमती प्रदेशबाट मात्रै ११० जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।

    प्रतिकृया दिनुहोस्