News Portal

  • निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०८१
    ७२ पटक
    १४ कार्तिक, २०८१

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफा वितरण नगरी सञ्चित राख्ने कम्पनी सचिव इश्वर बन्धु गौतले जानकारी दिए । उनका अनुसार बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड ९८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    तर, नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु पश्चातको बैंकको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार रुपैयाँ मात्रै रहन गएकाले सेयरधनीहरूलाई लाभांस प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले संचित गर्ने कम्पनी सचिव गौतमको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्