काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका ६ जना एजेन्सी म्यानेजर सिंगापुर प्रस्थान गरेका छन् ।
आार्थिक वर्ष २०७९/८० मा उत्कृष्ट जीवन बीमा व्यवसाय गरेर मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)मा सहभागी हुने अवसर पाएर उनीहरू सिंगापुर प्रस्थान गरेको कम्पनीले बताएको छ ।
मिलियन डलर राउण्ड टेबल बीमाका एजेन्सी म्यानेजरहरुको विश्वव्यापी सम्मेलन हो ।
सम्मेलनमा भाग लिन जाने अभिकर्ताहरुमा नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेको कम्पनीले बताएको छ ।
कम्पनीले कार्यक्रमको आयोजना गरेर एमडीआरटीमा सहभागी हुन जाने अभिकर्ताहरुलाई विदाई गरेको थियो ।
एमडीआरटीमा सहभागी हुनको लागि हरेक अङ्ग्रेजी वर्षको जनवरीदेखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने कम्पनीले बताएको छ ।
एमडीआरटी सञ्जालमा हालसम्म ७२ देशका पाँच सय कम्पनी आबद्ध भएका छन् ।
बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्डमार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बताएको छ ।
त्यसैगरी, सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि दुई करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।