काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३८ प्रतिशत नाफा बढाएको हो ।
गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ४४.९५ प्रतिशत बढेर ३ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी १०७ प्रतिशत बढेर ९० करोड ८१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ८३ लाखक रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १०९.२० प्रतिशत बढेर ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ, जगेडा कोष ९१.१० प्रतिशत बढेर ७४ करोड ८९ लाख रुपैयाँ, जीवन बीमा कोष १५८ प्रतिशत बढेर ८ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५.२४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.५२ रुपैयाँ रहेको छ ।