News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले महिना दिनमै दियाे रु ४५ कराेड दाबी

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८०
    २०२ पटक
    २९ साउन, २०८०

    काठमाडाै‌ं । सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले असार महिनामा ४५ कराेड भन्दा बढी दाबी भुक्तानी  गरेकाे छ। कम्पनीले प्रकाशन गरेकाे तथ्यांक अनुसार गत आव २०७९।८० काे असार मसान्तमा ४५ कराेड ५४ लाख ३३ हजार रुपैयाँ दाबी भुक्तानी गरिएकाे छ ।

    कम्पनीले पुराना र नयाँ दाबी समेत गरी कूल १ हजार ९ सय ३५ वटा दाबीवापत असार महिनामा दाबी भुक्तानी गरेकाे छ। प्रकाशित विवरण अनुसार असार महिनामा कूल १ हजार ६ सय ३० वटा नयाँ क्षतिपूर्ती दाबी निवेदन प्राप्त भएकाे थियाे । याे दाबी अन्तर्गत १ अर्ब ९३ कराेड २९ लाख रुपैयाँ क्षतिपूर्ती अनुमान गरिएकाे छ।

    प्रतिकृया दिनुहोस्