News Portal

  • गरिमा बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२३ साउन, २०७७
    ४५८ पटक
    २३ साउन, २०७७

    काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले पोखराको ग्लालेक्सी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेकका अन्य सेवा १२ प्रतिशत छुट पाउनेसम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । सम्पन्न भएको सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    यस सम्झौतापश्चात गरिमा विकास बैंकका कर्मचारी र कर्मचारीका परिवार, भिजा कार्डहोल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले सो मात्राको छुट पाउने भएका हुन् ।

    प्रतिकृया दिनुहोस्