News Portal

  • सानिमा रिलायन्सको अध्यक्ष केडिया सहित यी हुन् ७ सञ्चालकहरु

    आर्थीकसंसार संवाददाता९ चैत, २०७९
    २१३ पटक
    ९ चैत, २०७९

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । केडिया साविक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष हुन् ।
    साविक रिलायन्स लाइफको तर्फबाट घनश्याम थापा, सुवर्णदास श्रेष्ठ, केशव राज केसी सञ्चालक बनेका छन् । त्यस्तै साविक रिलायन्सबाट अध्यक्ष केडिया सहित, भरत कुमार तोडी, परिक्षित खेमका सञ्चालक समितिको सदश्य बनेका छन् । रिलायन्स लाइफकै स्वतन्त्र सञ्चालिका सरिता भट्ट अधिकारीलाई सानिमा रिलायन्स लाइफको पनि स्वतन्त्र सञ्चालक बनाइएको छ ।
    साविक सानिमा लाइफका अध्यक्ष कुमार कोइराला, बद्रि विशाल घिमिरे, शिवहरी घिमिरे बाहिरिएका छन् । त्यस्तै साविक रिलायन्सका सञ्चालकहरु जगदिश कुमार अग्रवाल, अमृत कुमार वेगानी र बद्रि प्रसाद पोखरेल बाहिरिएका छन् ।

    प्रतिकृया दिनुहोस्