News Portal

  • शशीले दिइन् बहिनीको बिबाहमा २५ लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७९
    ३८८ पटक
    २६ फागुन, २०७९

    काठमाडौं । पछिल्लो समय हरेक कुराहरूमा मानिसको जिबनशैली फेरिदै गएको छ । नेपालीहरुले हरेक पर्बहरु भिन्न तरिकाले मनाउदै आइराखेका छन। यसैबीच शशी श्रेष्ठले चरिकोटमा भएको आफ्नो बहिनिको भब्य बैबाहिक समारोहमा बहिनी एलिसा श्रेष्ठको उज्ज्वल भबिस्यको शुभकामना स्वरुप २५ लाखको ३५ घातक रोगको रक्षावरण सहितको सुबिधा भएको सूर्यज्योति लाईफको बीमा पोलिसी उपहार दिएकी हुन।
    सूर्यज्योति लाईफ इन्स्योरेन्स चरिकोटका शाखा प्रमुख चुडा बहादुर श्रेष्ठको उपस्थितिमा उपहार दिएका हुन् । उक्त बैबाहिक समाहरोमा बीमाको महत्त्व र यस्को फाइदाको बारे र बीमालाई अति आवश्यक सम्झेर बहिनिलाई उपहार दिएकोमा कम्पनीका शाखा प्रमुख चुडा बहादुर श्रेष्ठले धन्यवाद एबम नवबिबाहित दम्पतीलाई शुभकामना ब्यक्त गरे ।
    उक्त समाहरोहरणमा कम्पनीका शाखा प्रमुख चुडा बहादुर श्रेष्ठ, सेल्स एक्जुकेटीभ यमुना मोक्तान,अप्रेसन इन्चार्ज गंगा शिवाकोटी लगायतको सहभागिता रहेको थियो।

    प्रतिकृया दिनुहोस्