News Portal

  • देशभर १ हजार ३ सय ५१ जना संक्रमित थपिए

    आर्थिकसंसार संवाददाता१२ असोज, २०७७
    ७६४ पटक
    १२ असोज, २०७७

    काठमाडौं । देशभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १ हजार ३ सय ५१ जना रहेका छन् ।
    बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ गरी कुल ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।
    सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको जानकारी दिए । यस्तै देशभर ८ हजार ६ सय ९५ संस्थागत आइसोलेशन र १० हजार ९ सय २९ जना होम आइसोलेशनमा रहेका छन् ।
    उनका अनुसार बितेको २४ घण्टामा थप ७ सय ४२ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६ सय ४० पुगेको गौतमले बताए । यस्तै हालसम्म देशमा परीक्षण भएकामध्ये पोजेटिभ केस भने ७४ हजार ७ सय ४५ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्