News Portal

  • देशभर थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता११ असोज, २०७७
    १९३४ पटक
    ११ असोज, २०७७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । काठमाडौंमा ६३३ जना कोराना भाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी मोरङमा १५२ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १०४ र भक्तपुरमा ७२ संक्रमित थपिएका छन् ।
    आज ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
    पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार आइतबार देशभर थप १५ सय ७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५३ हजार ८ सय ९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् । यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । हाल देशभर २२५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमणमुक्त रहेका छन् ।

    प्रतिकृया दिनुहोस्