News Portal

  • नबिल बैंकले विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७९
    ५८५ पटक
    २७ कार्तिक, २०७९

    काठमाडाैं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ ।
    बिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले जनाएकाे छ।
    उक्त सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् ।
    टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउनेछन् ।
    नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने बताएको छ ।

     

    प्रतिकृया दिनुहोस्