News Portal

  • विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर EO Mini अब नेपालमा

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०७९
    २९६ पटक
    १२ भदौ, २०७९

    काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा.लि.ले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेषगरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरहरूका लागि डिजाइन गरिएको हो ।
    इओ चार्जिङ (EO) ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले EV चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । EO बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो ।
    EO को टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र Amazon, DHL र Tesco र  जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ ।
    यस कम्पनीले मर्सिडीज बेन्ज भ्यानजस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा EO ले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६०,००० वटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो ।
    इओमा हामी प्रविधिभन्दा अघि मानिस हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । विद्युतीय सवारी साधन चार्ज गर्न कहिलेकाहीँ जटिल हुनसक्छ भन्ने कुरा हामीले राम्रोसंग बुझेका छौं । त्यसैले हामी हाम्रा पार्टनर तथा ग्राहकहरुको सेवामा समर्पित छौं ।
    हामी इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिशनमा छौं। हामी नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छौं जसले व्यवसाय र व्यक्तिहरूलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ ।
    EO mini  मा Integral 6mA DC को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ। यसलाई बिना कुनै टाइप B RCD  नियन्त्रण गर्न सकिन्छ । EO मिनी तपाईको घरको पावर इनपुट जडानको आधारमा 6 amp देखि 32 amp  सम्म समायोजन गर्न सकिन्छ। बजारमा सबैभन्दा सानो EO  EO 175MM X 125MM X 95MM मा उपलब्द छ ।
    EO mini का अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक 7.2KW  सम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५,००० रहेको छ ।

    प्रतिकृया दिनुहोस्