News Portal

  • बीमा विद्येयकमा सर्भेयरलाई मध्यस्थकर्ताबाट हटाउन संघद्धारा अर्थमन्त्रीलाई आग्रह

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७९
    ३७९ पटक
    १० भदौ, २०७९

    काठमाडौं । सर्भेयर संघले बीमा विद्येयकमा सर्भेयरलाई मध्यस्थकर्ताको रुपमा राखेको भन्दै तत्काल हटाउन अर्थमन्त्री समक्ष आग्रह गरेको छ । संघका अध्यक्ष मोक्ष पुरुष ढकाल सहितको टोलीले आज अर्थमन्त्री जनार्दशन शर्मालाई भेटेर सर्भेयरसँग सम्बन्धित व्यवस्थाहरु हामीलाई असहज भयो भन्दै परिमार्जन गरिदिन आग्रह गरेका हुन् ।
    उनीहरुको यस्तो आग्रहपछि अर्थमन्त्ती शर्माले तपाइहरुले यो विद्येयकको विरोध गर्न खोज्नुभएको हो ? भन्दै प्रश्न गरेका थिए । संघ प्रतिनिधिहरुले हामी विद्येयकको विरोध गर्न आएका होइनौ । हाम्रो स्वागत छ । तर यसमा सर्भेयरसँग सम्बन्धित व्यवस्थाप्रति भने हाम्रो आपत्ति रहेको कुरा जानकारी गराएको बताएका छन् ।
    संघले सर्भेयर व्यवसायीक मूल्याङ्कनकर्ता भएको हुँदा यसलाई समग्रमा बीमा मध्यस्थकर्ता भनेर राख्न नहुने बताउँदै आएका छन् । सर्भेयरले यस विद्येयकको सुरुवाति दिनदेखि नै सर्भेयरलाई अभिकर्ता, बीमा दलाल, ब्रोकरको दर्जामा नराखिदिन अनुरोध गर्दै आएका छन् । अर्थ समितिमा भएका कयौं छलफलमा पनि सर्भेयरले यस विषयमा कुरा उठाएका थिए, तर अर्थ समिति तथा मन्त्रालयका मस्यौदाकारले यसलाई सच्याउन चाहेनन् ।
    अर्थमन्त्री शर्माले सर्भेयरका कुरा सुनिसकेपछि बीमा विद्येयक लामो समयदेखि अड्किएको अब जसरी पनि अगाडी बढाउनुपर्छ भनेपछि संसदमा प्रस्तुत गरिएको बताएका थिए । सबै जनाले ठिक छ भनिसकेको हुँदा नसच्चिएको उनले प्रष्ट पारे । यस विषयलाई परिमार्जन गर्न आफूले प्रयास गर्ने अर्थमन्त्री शर्माको भनाई छ ।
    आज अर्थमन्त्रीसँग भेट्नुअघि संघका पदाधिकारीले बीमा समितिका निर्देशक तथा कार्यकारी निर्देशकलाई अवगत गराएका थिए । तर उनीहरुले यसमा हुन्छ भन्ने उत्तर दिएको संघले जनाएको छ । संघले यस सम्बन्धि धेरै प्रयास गरिसकेको संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्