News Portal

  • नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न, २०५ जना अभिकर्ता सम्मानित

    आर्थीकसंसार संवाददाता८ भदौ २०७९
    ४३० पटक
    ८ भदौ २०७९

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते कार्यक्रम गरेको थियाे ।
    कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सिइओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा पराजुलीले चाल आ.व. फाल्कन इयर २०७९/८० को र कम्पनीको कर्पोरेट भिडियोहरुको अनावरण गरेका थिए ।

    कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाख सहित विशेष सम्मान गरिएको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।
    कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराएको थियो । यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरुलाई कम्पनीले सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरेको थियो । उक्त सम्मानितहरु मध्ये प्रत्येक वर्ष पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई क्रमश: २ लाख ५१ हजार, एक लाख ३५ हजार र ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियाे । 

    कार्यक्रममा बैंकर अनिल केशरी शाहले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवकाे बारेमा सुनाएका थिए । कोभिड-१९ का कारण विगत तीन आर्थिक वर्षदेखि कम्पनीकाे अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन ।

    प्रतिकृया दिनुहोस्