News Portal

  • सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

    आर्थीकसंसार संवाददाता३० साउन, २०७९
    ६३३ पटक
    ३० साउन, २०७९

    काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्सपि नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।
    सिद्धार्थ बैंक स्मार्ट एक्सपि मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।
    सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल एप स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।
    आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको यस मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्नेछन् ।
    यस सिद्धार्थ बैंक स्मार्ट एक्सपि मार्फत ग्राहकहरुले यस्ता सुविधा लिन सक्नेछन् :
    – पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सकिने
    – नयाँ चेकबुक अनुरोध गर्न सकिने
    – बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछरदर्ता गर्न सकिने
    – बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने
    – निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सकिने
    यसका साथै, ग्राहकले डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि उपभोग गर्न सक्नेछन् ।
    बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्